फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँचौँ चीन-दक्षिण एशिया मैत्रीपूर्ण संगठन मञ्च छङ तुमा शुरु

(GMT+08:00) 2017-09-14 16:37:16
पाँचौँ चीन-दक्षिण एशिया मैत्रीपूर्ण संगठन मञ्च चौध तारिख चीनको छङ तु शहरमा शुरु भएको छ। नेपाल, श्रीलंका, बंगलादेश, भारत, माल्दिभ्स र पाकिस्तान लगायत दक्षिण एशियाका छवटा मुलुकका बीसवटा मैत्रीपूर्ण संगठन र चीनका विभिन्न स्थानका लगभग दुई सय प्रतिनिधिहरू त्यस मञ्चमा सहभागी भएका छन्।

चीनको स छ्वान प्रान्त र दक्षिण एशियाका विभिन्न मुलुकका मैत्रीपूर्ण संगठन बीचको आदान-प्रदान र सम्पर्कलाई अझ सबल पार्ने, एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहकार्य प्रस्ताव सम्बन्धी दक्षिण एशियाली मुलुकका मैत्रीपूर्ण संगठनहरूको समझदारीलाई गहन पार्ने, एक पेटी एक मार्गको निर्माण अवसरको कसरी सदुपयोग गर्ने र सम्बद्ध मुलुकका मैत्रीपूर्ण संगठनको पुल स्वरुप भूमिकाको विस्तृत रुपमा निर्वाह कसरी गर्ने भन्ने कुरा यस मञ्चको मुख्य विषय रहेको छ।

दक्षिण-एशिया चीन क्षेत्रको मैत्रीपूर्ण सहकार्य संगठनका वर्तमान अध्यक्ष एवम् नेपाल-चीन आर्थिक व्यापारिक संघका अध्यक्ष अनुप भट्टराईले उक्त मञ्चमार्फत दक्षिण-एशियाली मैत्रीपूर्ण संगठन र स छ्वान प्रान्त अझ विशेष गरी समस्त चीनसँगको आदान-प्रदान र सहयोगलाई गहन पार्नसकिने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु