फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको उत्तर प्रदेशमा भएको पानीजहाज दुर्घटनामा १८को मृत्यु

(GMT+08:00) 2017-09-14 16:40:21

भारतको उत्तर प्रदेशमा चौध तारिख बिहान पानीजहाज पल्टेर कम्तिमा अठारजनाको ज्यान जानुका साथै धेरैजना बेपत्ता भएको सिन्ह्वा समाचार समितिले लेखेको छ।

"द हिन्दु ग्रुप अखबार"ले जनाए अनुसार, उक्त दुर्घटना उत्तर प्रदेशको बागपट जिल्लाको यमुना नदीमा भएको हो। दुर्घटनाग्रस्त पानीजहाजमा झण्डै साठीजना थियो। हालसम्म उद्धारकर्ताहरूले नदीबाट अठारजनाको शव फेला पार्नुबाहेक पच्चीसजनालाई सफलताका साथ बचाएका छन्। तीमध्येका सोह्रजनालाई नजिकको अस्पतालमा लगिएको छ।

बताए अनुसार, त्यस पानीजहाजमा रहेका यात्रुहरू प्राय:जसो स्थानीय कामदारहरू हुन्। उनीहरूले काम खोज्नका लागि नजिकको गाउँबाट हरियाना प्रदेशतर्फ प्रस्थान गर्ने योजना बनाएका थिए।

जानकारी तथा लेखहरु