फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्वीपको आणविक समस्याको समाधानका लागि विभिन्न पक्षले संयुक्त रूपमा प्रयास गर्नुपर्ने चिनियाँ प्रतिनिधिद्वारा जोड

(GMT+08:00) 2017-09-14 16:41:25

संयुक्त राष्ट्र संघस्थित चीनका आबासीय प्रतिनिधि श चौङ्ग जुनले हिजो सेप्टेम्बर तेह्र तारिख भियनामा आयोजित अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीको परिषद् सम्मेलनमा बोल्दै सेप्टेम्बर तीन तारिख उत्तर कोरियाले पुनः आणविक परिक्षण गरेर संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को सम्बन्धित निर्णयलाई गम्भीर रुपमा उल्लंघन गरेर क्षेत्रीय शान्ति र स्थिरतालाई ध्वस्त बनाएको व्यक्त गर्नुभएको छ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले यस बारेमा श्रृंखलाबद्ध निर्णय पारित गरेकोमा चीनले समर्थन गरेको आबासीय प्रतिनिधि शले व्यक्त गर्दै चीनले सुरक्षा परिषदको सम्बन्धित नाकाबन्दी समितिलाई पाँच वटा निर्णय प्रतिवेदन दिएर चीनले गरेको पूर्ण प्रयासबारे जानकारी दिएको पनि बताउनुभएको छ। यसका साथै कोरियाली प्रायद्वीप समस्याका सबै प्रत्यक्ष पक्षलाई आफ्ना जिम्मेवारी लिएर प्रायद्वीपको तनावपूर्ण परिस्थितिलाई खुकुलो पार्न चीनले ताकिता गरेको पनि शले भन्नुभयो।

जानकारी तथा लेखहरु