फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन भारत शिक्षा आदानप्रदान सम्मेलनको आयोजना

(GMT+08:00) 2017-09-14 16:42:40

हिजो सेप्टेम्बर तेह्र तारिख कोलकत्ताका लागि चीनको महावाणिज्य दूतावास तथा भारतीय वाणिज्य संघ, कोलकत्ताको चिनियाँ स्कूल, चीनको युनान प्रान्त सरकारको विदेशी मामिला कार्यालयले संयुक्त रुपमा चीन-पूर्वी भारत क्षेत्रबीचको शिक्षा आदानप्रदान सम्मेलन आयोजना गरेको छ।

कोलकत्ताका लागि चीनको महावाणिज्य दूतावासका महावाणिज्यदूत मा चान उले सम्बोधन गरी भारतको बङ्गाल प्रदेश सरकार र भारतको विभिन्न पक्षले समर्थन दिएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ। केही वर्षयता चीन र पूर्वी भारतीय क्षेत्रबीचको शिक्षा आदानप्रदान वृद्धि हुंदै आएको महावाणिज्यदूत माले बताउँदै विशेष गरी युननान प्रान्त र बङ्गाल प्रदेशका विभिन्न स्कूलबीचको आदानप्रदान र सहयोग सबल भइरहको र जम्मा गरी पचासभन्दा बढी स्कूलले सम्बन्धित आदानप्रदान स्मृति पत्रमा हस्ताक्षर गरेको पनि जानकारी दिनुभएको छ।

सम्मेलनमा भाग लिएका विभिन्न पक्षले चीन र भारतको शिक्षा आदानप्रदानलाई दुर्इ देशको मित्रतालार्इ गहन पार्ने निकै महत्वपूर्ण काम भएको बताएका छन्।

जानकारी तथा लेखहरु