फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लगानी र रोजगार प्रवर्द्धनका लागि कृषि मेला

(GMT+08:00) 2017-09-15 14:30:22

कृषि उत्पादनको सङ्गठित सञ्जाल विस्तार गरी व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा ३ दिने कृषि व्यापार तथा लगानी मेला शुरू भएको छ। बिहीबारदेखि शुरू भएको मेला कृषि व्यापार प्रवर्द्धन गर्ने उपयुक्त नीति तयार गर्न सहयोगी साबित हुने आयोजकले बताएका छन्।

कृषि मेला उद्घाटन गर्दै कृषि विकास मन्त्रालयका सचिव डा. सरोज पोखरेलले सरकारका तर्फबाट मेला आयोजना गर्न पाएकोमा खुशी व्यक्त गरे। सरकार, निजी क्षेत्र, सहकारी र विकास साझेदार सबैले मिलेर कृषि व्यवसाय व्यवस्थित गर्नुपर्ने उनले बताए। सरकारले उत्पादन क्षेत्र विकासलाई प्राथमिकतामा राखेकाले पनि सबैले मिलेर काम गर्नुपर्ने उनको धारणा छ।

मेलामा उच्च मूल्यका कृषि उत्पादन र अर्थोडक्स चिया, अदुवा, अलैंची, डेरी उत्पादन, मह र अर्गानिक कृषि उत्पादनसम्बन्धी विविध प्रविधिका ५० भन्दा धेरै स्टल रहेको अभियानदैनिकले लेखेको छ।

जानकारी तथा लेखहरु