फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा ४२ प्रतिशत मृत्युको कारण नसर्ने रोग

(GMT+08:00) 2017-09-15 14:32:18
नेपालमा नसर्ने रोगको अवस्था भयावह रहेको भन्दै यसबारे सजग रहन सरोकारवाला निकायले आग्रह गरेका छन्। विगत २५ वर्षदेखि कार्यरत संस्था प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले (रेस्फेक) पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा नसर्ने रोगबारे सजग रहन आग्रह गरेको हो।

स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा वर्षेनी मृत्यु हुने मध्ये नसर्ने रोगका कारण ४२ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ। त्यस्तै, अस्पताल पुग्ने विरामीमध्ये करिब ८१.५ प्रतिशत तथा ती मध्ये अन्तरंग सेवा लिने ८८ प्रतिशतलाई नसर्ने रोगको समस्या छ। करिब २० वर्ष पहिले नेपालमा सर्ने रोगको संख्या ७० प्रतिशत र नसर्ने रोगको संख्या ३० प्रतिशत रहेकोमा यो संख्या बढेर हाल ६० प्रतिशत पुगेको छ।

चाउचाउ, कोक, जंक फुड लगायतका कारण नेपालमा दम, मुटु, मृगौला, मधुमेह, पक्षघात , क्यान्सर लगायतका नसर्ने रोगको जोखिम बढ्दो छ।

नेपालमा नसर्ने रोगको जोखिम कम गर्नकै लागि स्वास्थ्य मन्त्रीकै अध्यक्षतामा नसर्ने रोग व्यवस्थापन समिति गठन भएको अनलाइनखबरले लेखेको छ।

विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एशियाली क्षेत्रमा नसर्ने रोग विरुद्ध लड्न वृहत रणनीति मस्यौदा तयार गरिसकेको छ। त्यस्तै, संगठनको केन्द्रीय कार्यालयले सन् २०१३ देखि २०२० सम्म 'ग्लोबल एक्सन प्लान फर द प्रीभेन्सन एण्ड कन्ट्रोल अफ नन् कम्युनिकेवल डीजीज'भन्ने रणनीति तयार पारिसकेको छ।

जानकारी तथा लेखहरु