फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली युवाले बनाए 'स्मार्ट इलेक्ट्रिक ह्विल चेयर'

(GMT+08:00) 2017-09-15 14:34:09

पाँच नेपाली युवाले प्रविधिमा आधारित स्मार्ट इलेक्ट्रिक ह्विल चेयरको विकास गरेका छन्। इन्फिनिटी ल्याबका पाँच जुझारु युवा सन्तोषराज न्यौपाने, सुनी परियार, मेनसन लाखेमरु, प्रजेश श्रेष्ठ र भरत श्रेष्ठको टिमले विकास गरेको यो प्रविधिले धेरैलाई आकर्षित गरेको अन्नपूर्णपोस्टले लेखेको छ। यसले धेरैको जीवन सहज पनि बनाएको छ।

स्मार्ट इलेक्ट्रिक ह्विल चेयर बनाउन इन्डिपेन्डेन्ट लिभिङ सेन्टर फर डिसएबिलिटी सेन्टर (सीआईएल)ले सहयोग गरेको छ। सीआईएल ह्विल चेयर प्रयोग गर्ने फरक क्षमता भएका व्यक्तिहरूले सञ्चालन गरेका हुन्। 'गतिशीलता र पहुँच सबैका लागि' भन्ने अभियानका साथ विकास गरिएको यो ह्विल चेयरको नाम इन्फिनिटी ल्याबले 'लियोपार्ड' राखेको छ।

स्मार्ट ह्विल चेयरले मानिसको जीवनलाई गतिशील बनाउने इन्फिनिटी ल्याबका इन्जिनियर प्रजेश श्रेष्ठ बताउँछन्। यो स्मार्ट ह्विल चेयरले मानिसलाई स्वतन्त्रता, सुरक्षा र गतिशीलता प्रदान गर्ने र अशक्त व्यक्तिहरूलाई बहुउपयोगी हुने पनि बताए।

एकपटक चार्ज गरेपछि करिब २० देखि २५ किलोमिटरसम्म गुड्नसक्ने स्मार्ट ह्विल चेयरलाई कच्ची सडकमा समेत सहज रूपले चलाउन सकिने प्रजेशको दाबी छ। प्रतिघन्टा १० किलोमिटर गुड्ने क्षमता भएको यो स्मार्ट ह्विल चेयरमा एक सय केजीसम्मको तौल बोक्न सकिन्छ।

यो ह्विल चेयरले कुन बाटो कता जाने भन्ने दोधार भएको बेलासमेत नक्सामार्फत गाइड गर्ने भएकाले यसलाई स्मार्ट भनिएको हो।

जानकारी तथा लेखहरु