फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा दोस्रो चीन गुणस्तर (शाङ्गहाई) सम्मेलनलाई शुभकामना सन्देश

(GMT+08:00) 2017-09-15 15:54:17

दोस्रो चीन गुणस्तर (शाङ्गहाई) सम्मेलन पन्ध्र तारिख शाङ्गहाईमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सन्देश पठाउँदै सम्मेलनको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले अन्तर्राष्ट्रिय गुणस्तरीय सहकार्यलाई अघि बढाउनु नै चीन गुणस्तर सम्मेलनको मुख्य उद्देश्य रहेको बताउनुभएको छ। गुणस्तरबाट मानव जातिको श्रम सिर्जना र बुद्धिमत्ताको प्रतिफल प्रतिबिम्बित हुनुका साथै सुमधुर जीवन सम्बन्धी जनताको शुभेच्छा पनि प्रष्ट हुने राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छ।

सम्मेलनमा सहभागी विभिन्न मुलुक र प्रतिनिधिहरूले सँगै मिलेर अन्तर्राष्ट्रिय गुणस्तर विकास हुने प्रवृत्तिको विश्लेषण गर्ने, गुणस्तरीय व्यवस्थापनको अनुभवबारे आदान-प्रदान गर्ने, गुणस्तरलाई उकास्ने तरिकामार्फत आर्थिक विकासलाई निरन्तर रुपमा प्रबर्द्धन गर्ने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु