फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्र संघीय सुरक्षा परिषदद्वारा जरुरी सम्मेलनको आयोजना

(GMT+08:00) 2017-09-15 16:18:10

संयुक्त राष्ट्र संघका लागि अमेरिकी र जापानी आबासीय प्रतिनिधि मण्डलको माग अनुसार संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले पन्ध्र तारिख दिउँसो जरुरी सम्मेलनको आयोजना गरी उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्रको परिक्षणात्मक प्रक्षेपणबारे छलफल गर्नेछ।

अमेरिकी सेनाको प्रशान्त महासागरको निर्देशनालयले एउटा वक्तव्य प्रकाशित गर्दै ग्रिन्विज समय अनुसार चौध तारिख राति नौ बजेर सन्ताउन्न मिनेट जाँदा उत्तर कोरियाले क्षेप्यास्त्रको परिक्षणात्मक प्रक्षेपण गरेको संकेतको सर्वेक्षण गरेको जनाएको छ।

जापान सरकारले पन्ध्र तारिख निश्चित गरे अनुसार, उत्तर कोरियाले त्यसै बिहान प्रक्षेपण गरेको एउटा बालिस्टिक क्षेप्यास्त्र जापानको होक्काइदोमाथि उडेपछि प्रशान्त महासागरीय क्षेत्रमा खसेको छ। जापान सरकारले त्यस कारवाईको निन्दा र प्रतिरोध गरेको छ।

उत्तर कोरियाले गत सेप्टेम्बर तीन तारिख छैटौं पटक आणविक परिक्षण गरेको थियो।

जानकारी तथा लेखहरु