फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत र चिनतोङ्ग कम्पनीबीचको "इन्टर्नेट प्लस" सहयोग शुरु

(GMT+08:00) 2017-09-15 16:32:26

हिजो सेप्टेम्बर चौध तारिख चीनको तिब्बत स्वायत्त प्रदेश सरकारले चिनियाँ अनलार्इन व्यवसाय कम्पनी चिनतोङ्गसंग ल्हासा सहरमा "इन्टर्नेट प्लस" सहयोग पत्रमा हस्ताक्षर गरी "चिनियाँ विशेषता उत्पादन----तिब्बतको गरिबी निवारण पसल"सोहि दिन चिनतोङ्गको वेबसाइटमा खोलेको छ।

सहयोग पत्रमा हस्ताक्षरपछि अब चिनतोङ्ग कम्पनीले इलेक्ट्रनिक वाणिज्य चौतारोको प्रयोगबाट तिब्बतको विशेषतायुक्त कृषि उत्पादनको प्रचारप्रसार गर्दै जाने, तिब्बती पर्यटन सार्वजनिक सेवा चौतारो, चिकित्सा सेवा चौतारो, शिक्षा सार्वजनिक सेवा चौतारो तथा विद्यार्थी रोजगारी सिर्जना चौतारोको स्थापना गर्ने छ।

हाल तिब्बतको चौध वटा जिल्लामा अनलार्इन वाणिज्य छन्। इन्टर्नेटमा बेच्ने विभिन्न विशेषतायुक्त उत्पादन एक सय बीस किसिमका छन्। "इन्टर्नेट प्लस पर्यटन प्लस कृषि विशेषतायुक्त उत्पादन"को संचालन उपायमार्फत यी जिल्लामा पचासभन्दा बढी इन्टर्नेट पसल खुलेको छ।

जानकारी तथा लेखहरु