फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको पहिलो उच्च गतिको रेल परियोजना शुरु

(GMT+08:00) 2017-09-15 16:46:29

भारतको पहिलो उच्च गतिको रेल परियोजना चौध तारिख गुजरात राज्यको सबैभन्दा ठूलो शहर अहिमदाबादमा शुरु भएको छ।

त्यस उच्च गतिको रेलमार्गको कुल लम्बाई पाँच सय आठ किमी रहेको छ। त्यस रेलको सबैभन्दा उच्च गति प्रति घण्टा तीन सय पचास किमी हुनेछ। जुन रेलमार्ग अहिमदाबादबाट दक्षिणी भागको बन्दरगाह शहर मुम्बई जाने छ। सन् 2023सम्म त्यस रेलमार्ग सञ्चालनमा आउने अनुमान गरिएको छ।

जनाए अनुसार, जापानले पनि त्यस उच्च गतिको रेलमार्गको निर्माणमा सहयोग गर्नेछ। जापान र भारत बीच सम्पन्न सम्झौता अनुसार जापानले भारतलाई प्रविधि र केही महत्वपूर्ण पार्टपुर्जा प्रदान गर्नुबाहेक भारतका लागि दक्ष प्राविधिक व्यक्तिको पनि तालिम दिनेछ। हालसम्म जम्मा एक सयजना जापानी इन्जिनियर त्यस परियोजनामा संलग्न भएका छन्।

जानकारी तथा लेखहरु