फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आठ महिनामा ६ लाख पर्यटक

(GMT+08:00) 2017-09-16 14:10:15
दुई वर्षअघिको भूकम्पका कारण घटेको पर्यटक आगमनमा पछिल्लो समय सुधार आएको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ को पहिलो आठ महिनामा करिब ६ लाख पर्यटक नेपाल भित्रिएका छन्।

सन् २०१६ को ६ महिनामा तीन लाख ५९ हजार ६ सय ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो वर्ष ६ महिनामा चार लाखभन्दा बढी पर्यटक आएका छन्। पर्यटक आगमनको पछिल्लो तथ्यांकले यो वर्ष पोहोरको तुलनामा पर्यटक दोब्बर हुने देखाएको छ। अगस्टपछि विदेशी पर्यटक आउने क्रम बढेको बोर्डले जनाएको छ।

यस वर्षको पर्यटकीय यामसँगै काठमाडौंका होटल भरिभराउ हुन थालेका छन्। होटल एसोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन्। होटल बुकिङको अवस्था र अहिलेसम्मको पर्यटक आगमनलाई आँकलन गर्दा सन् २०१७ मा नौ लाखभन्दा बढी पर्यटक भित्रने अवस्था रहेको हानका महासचिव विनायक शाहले बताए। अनुमान अनुसार पर्यटक आए अहिलेसम्मकै बढी हुनेछ। सन् २०१२ मा आठ लाख हाराहारी विदेशी पर्यटकले नेपालको भ्रमण गरेको नागरिकन्यूजले लेखेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ को पहिलो आठ महिनामा विभिन्न मुलुकबाट झन्डै ६ लाख पर्यटक नेपाल आएका छन्। सन् २०१७ को ६ महिनामा भारतबाट मात्रै ९३ हजार पर्यटक नेपाल भित्रिएका छन् जबकि सन् २०१६ को सोही अवधिमा ६४ हजार मात्र भारतीय पर्यटक आएका थिए। त्यस्तै, चीनबाट सन् २०१७ को ६ महिनामा ५४ हजार पर्यटक आएका छन्। सन् २०१६ को सोही अवधिमा ३९ हजारको हाराहारीमा चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

यतिबेला नेपालमा पर्यटकीय समय र चाडपर्व सुरु भएकाले विदेशी पर्यटकको चहलपहल बाक्लिएको छ।

जानकारी तथा लेखहरु