फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रातो हाब्रे दिवस

(GMT+08:00) 2017-09-16 14:14:06

आज भदौ ३१ गते रेड पाण्डा डे अर्थात् आठौँ अन्तर्राष्ट्रिय रातो हाब्रे दिवस। 'सेभ द रेड पाण्डा' भन्ने नाराका साथ यसको संरक्षणका क्षेत्रमा क्रियाशील संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन्।

विश्वकै दुर्लभ वन्यजन्तु रातो हाब्रेको वासस्थान र आहारा संकटमा पर्दै गएपछि रेड पाण्डा नेटवर्कले सन् २०१० देखि यो दिवस मनाउन शुरु गरेको हो। रातो हाब्रे संरक्षणकै लागि नेटवर्कले विभिन्न गैरसरकारी संघसंस्थासँग मिलेर काम गर्दै आएको राससले लेखेको छ।

रातो हाब्रेको वासस्थान विनाश, चोरी शिकारका घटना, संरक्षणमा कम लगानीलगायत कारण संरक्षणमा कठिनाइ थपिँदै गएको छ। दुर्गम क्षेत्रमा यातायात, मानव बस्ती र चरिचरण क्षेत्रको विस्तार, वन डढेलो, रासायनिक वस्तुको अधिकतम प्रयोग, चोरी शिकारजस्ता कार्य हाब्रे संरक्षणका मुख्य चुनौती रहेको सरोकार भएकाहरुले बताएका छन्।

यस्तै संरक्षणका लागि सरकारको लगानी न्यून रहनुले पनि समस्या भएको छ। सन् २०१३ को एक अध्ययननुसार ताप्लेजुङमा ७७ देखि १३४, पाँचथरमा २५ देखि ४३ र इलाममा २३ देखि ४० वटासम्म रातो हाब्रे रहेको अनुमान गरिएको छ।

नेटवर्कका अनुसार मुलुकका २३ हिमाली तथा पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, डोल्पा, जुम्ला, मुगु, कालीकोट र जाजरकोटमा रातो हाब्रे पाइन्छ। भारत, भुटान, म्यान्मार र चीनमा समेत गरी एक हजारको हाराहारीमा रातो हाब्रे छ। नेपालमा मात्रै ५०० भन्दा बढी रातो हाब्रे भएको एक तथ्यांकमा जनाइएको छ।

जानकारी तथा लेखहरु