फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्र संघीय सुरक्षा परिषद्द्वारा उत्तर कोरियाको कडा शब्दमा निन्दा

(GMT+08:00) 2017-09-16 14:15:14

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पन्ध्र तारिख एउटा वक्तव्य जारी गर्दै उत्तर कोरियाले पुन: ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षणात्मक प्रक्षेपण गरेकोमा त्यसको कडा शब्दमा निन्दा गर्नुका साथै त्यो अन्तर्राष्ट्रिय समाजका लागि एउटा गम्भीर उत्तेजित कारवाई भएको जनाएको छ।

संयुक्त राष्ट्र संघका लागि अमेरिकी र जापानी आबासीय प्रतिनिधि मण्डलको माग अनुसार, सुरक्षा परिषद्ले पन्ध्र तारिख दिउँसो उत्तर कोरियाले पुन: ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षणात्मक प्रक्षेपण गरेको विषयबारे बन्द छलफलको आयोजना गर्दै उक्त वक्तव्य जारी गरेको हो।

त्यस वक्तव्यमा कोरियाली प्रायद्वीप र उत्तर-पूर्वी एशियाको शान्ति र स्थिरताको सँरक्षण गर्ने महत्वलाई दोहर्‍याउनुका साथै शान्तिपूर्ण, कूटनीतिक र राजनितिक तरिकामार्फत वर्तमान सङ्कटको समाधान गर्नुपर्ने कुरामा पनि जोड दिइएको छ।

जानकारी तथा लेखहरु