फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा 140वटा मुलुकको तर्फबाट संयुक्त वक्तव्य जारी

(GMT+08:00) 2017-09-16 14:16:13

संयुक्त राष्ट्र संघका लागि चीनका आबासीय प्रतिनिधि मा चाउ स्युले "मानव अधिकार सम्झौता-वार्ता र सहकार्यलाई सबल पारौं, मानव जातिको भाग्यको एकरुपताको स्थापना गरौं" शीर्षकको संयुक्त वक्तव्य जारी गर्दै मानव अधिकार क्षेत्रमा रचनात्मक सम्झौता-वार्ता र सहकार्य गर्दैजान,विश्वमा मानव अधिकारको सञ्चालनलाई सबल पार्दैजान र अन्तर्राष्ट्रिय मानव अधिकार कार्यको स्वस्थ दिगो विकासलाई अघि बढाउँदैजान समस्त अन्तर्राष्ट्रिय समाजलाई आह्वान गर्नुभएको छ।

उहाँले पन्ध्र तारिख संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को 36औं सम्मेलनमा 140वटा मुलुकको तर्फबाट उक्त संयुक्त वक्तव्य जारी गर्नुभएको हो। चीनले संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को सम्मेलनमा विकासोन्मुख मुलुकहरूको तर्फबाट संयुक्त वक्तव्य प्रकाशित गरेको त्यो तेस्रो पटक पनि हो।

जनाए अनुसार, उक्त संयुक्त वक्तव्यमा पाँच बुँदे प्रस्ताव प्रस्तुत गरिएको छ। संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को 36औं सम्मेलन गत सेप्टेम्बर एघार तारिख जेनेभामा शुरु भएको थियो।

जानकारी तथा लेखहरु