फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघका महासचिवले बजाए शान्तिको घण्टी

(GMT+08:00) 2017-09-16 14:17:04

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले पन्ध्र तारिख संयुक्त राष्ट्र संघ मुख्यालयको आँगनमा शान्ति घण्टी बजाउँदै विश्व शान्ति र शरणार्थीमा नजर पुर्‍याउनुपर्ने कुरामा जोड दिनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

संयुक्त राष्ट्र संघको 72औं महासभाका अध्यक्ष मिरोस्लाभ लाइज्याक र संयुक्त राष्ट्र संघका अधिकांश पदाधिकारीहरू उक्त घण्टी बजाउने समारोहमा उपस्थित भएका थिए।

'शरणार्थी र आप्रवासी' यस वर्षको अन्तर्राष्ट्रिय शान्ति दिवसको ध्यानाकर्षणको विषय हुने पनि महासचिव गुटेरसले औंल्याउनुभएको छ।

संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार, विश्वमा भिडन्त र दवावका कारण बाध्य भएर आफ्नो जन्थस्थल छाडेर गएका शरणार्थीहरूको संख्या छ करोड पचास लाख रहेको छ।

जनाए अनुसार, शान्ति घण्टी बजाउने समारोह संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने गतिबिधिको एक महत्वपूर्ण भाग रहँदै आएको छ।

जानकारी तथा लेखहरु