फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस साताका दक्षिण एशियाका महत्वपूर्ण समाचारहरु

(GMT+08:00) 2017-09-16 14:32:40

सेप्टेम्बर एघार तारिख पाकिस्तानको राष्ट्रिय आतंकवाद विरोध व्यूरोको तथ्यांक प्रतिवेदन अनुसार, सन्2016मा पाकिस्तानमा जम्मा गरी 785वटा आतंकवादी आक्रमणका घटना भए जुन संख्या सन्2015को भन्दा 31प्रतिशतले घटेको छ। यस वर्ष हालसम्म पाकिस्तानमा जम्मा गरी 426वटा आतंकवादी हमला भएको छ। पाकिस्तानमा सुरक्षा अवस्था सुधार हुनुको कारण सन्2014देखि पाकिस्तानले मुलुकमा रहेका आतंकवादी संगठनमाथि गरेको श्रृंखलाबद्ध आतंकवाद विरोधी गतिविधि भएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।

सेप्टेम्बर आठ तारिख चीनको राज्य परिषद्का सदस्य याङ्ग चे छले पैचिङ्गमा पाकिस्तानका विदेशी मन्त्री ख्वाजा असिफसंग भेटघाट गर्नुभयो। मन्त्री असिफले चीनसंग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने पाकिस्तानको कुटनीतिक कोशेढुङ्गा र विभिन्न पार्टीको सहमति भएको भन्दै पाकिस्तानले चीनसंग प्रयास गरी चीन-पाकिस्तान आर्थिक कोरिडरको निर्माण गरेर दुई मुलुकको सम्बन्धको विकासलाई अझ अगाडि बढाउन चाहेको पनि उहाँले बताउनुभयो।

सेप्टेम्बर चौध तारिख भारतको पहिलो उच्च गति रेल परियोजना गुजरात प्रदेशको सबैभन्दा ठूलो सहर अहमदाबादमा शुरु भएको छ। यो उच्च गति रेलवैको कूल लम्बाई 508किलोमिटर छ र प्रति घण्टाको सबैभन्दा द्रुत गति तीन सय पचास किलोमिटर पुग्ने छ। यो रेलवै अहमदाबाददेखि भारतको दक्षिण बन्दरगाह सहर मुम्बईसम्म चल्नेछ र सन्2023मा संचालन हुने छ। जापानले यस रेलवैको निर्माणमा सहयोग गरेको छ। जापान र भारतबीच हस्ताक्षर गरेको सम्झौता अनुसार, जापानले भारतलाई प्रविधि तथा मुख्य प्रबन्ध प्रदान गर्नुका साथै भारतको प्राविधिक व्यक्तिलाई तालिम दिने छ।

सेप्टेम्बर चौध तारिख पाँचौं'चीन—दक्षिण एशिया मैत्रीपूर्ण संगठन मञ्च'चीनको स छुआन प्रान्तको छन तु सहरमा शुरु भएको छ। नेपाल,श्रीलंका, बङ्गलादेश, भारत,मालदिव्स र पाकिस्तान यी छ मुलुकका बीस वटा मैत्रीपूर्ण संगठन र चीनका विभिन्न ठाउँबाट आएका दुई सय प्रतिनिधिहरुले मञ्चमा भाग लिएका छन्। यस पटकको मञ्चमा स छुआन प्रान्त र दक्षिण एशिया मुलुकका विभिन्न मैत्रीपूर्ण संगठनबीचको आदानप्रदानलाई सबल पार्ने उद्देश्य रहेको छ।

सेप्टेम्बर दश तारिख चीन र बङ्गलादेशका प्रतिनिधिले बङ्गलादेशको राजधानी ढाकामा चीनले बङ्गलादेशको इन्टर्नेट पूर्वाधार परियोजनाको निर्माणमा बङ्गलादेशलाई ऋण प्रदान गर्ने प्रारुप सन्धिमा हस्ताक्षर गरेको छ।

जानकारी तथा लेखहरु