फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बजारमा दसैंको चहलपहल सुरु

(GMT+08:00) 2017-09-17 15:29:40

दसैं नजिकिदै गर्दा बजारमा चहलपहल बढ्न थालेको छ। दसैं सुरु हुन एक साता मात्र बाँकी रहँदा अहिलेदेखि नै बजारमा सामान किनमेल गर्नेका चहलपल बढ्न थालेको हो।

सडक पेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दसैंको चहलपहल बढ्न थालेको छ। दसैंमा सबैले नयाँ सामान किनमेल गर्ने भएकाले पनि बजारमा भीडभाड बढी हुन थालेको छ। न्युरोड, असन, भोटाहिटीसहित उपत्यकाका मुख्य व्यापारिक क्षेत्र तथा मलहरूमा दसैंको चहलपहल बढेको छ। विभिन्न व्यापारिक मललले दसैंलाई लक्षित गरी विभिन्न अफर योजना सार्वजनिक गरेका छन्।

त्यसै गरी चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा सामान खरिद गर्ने ग्राहकको भीडभाड लाग्ने गरेको छ। बजारमा भन्दा सुपथ मूल्य पसलमा सस्तोमा सामान पाइने भएकाले पनि ग्राहकको संख्या बढ्दै गएको नेपाल खाद्य संस्थानले जानकारी दिएको छ। संस्थानका अनुसार सुपथ मूल्य पसलमा सबैभन्दा धेरै चामल, चिनी र नुनको विक्री भएको छ।

यसै बीच चाडपर्वमा बजारमा हुन सक्ने कालाबजारी, कृत्रिम अभाव, मिसावट, ठगी नियन्त्रण गर्नका लागि सरकारले बजार अनुगमनलाई तिव्रता दिएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियमित रूपमा बजार अनुगमनको कामलाई अगाडि बढाएको जानकारी दिएको छ।

साथै मंगलबारदेखि सार्वजनिक यातायातको टिकट खुला भएसँगै हरेक दिन बिहानैदेखि टिकट काउन्टरमा टिकट काट्नेको भीडभाड छ।

जानकारी तथा लेखहरु