|
|
|
||
बैंक तथा वित्तीय संस्थाहरुले तरलता बढि भएपछि निक्षेपको ब्याज दर क्रमिक रुपमा घटाउन थालेका छन्। असोज १ गतेदेखि लागु हुने गरेर ८ वाणिज्य बैंकले निकालेको सुचनमा सबैजसोले ब्याज दर घटाएका छन्।
ग्लोबल आइएमइ बैंकले २ वर्षमाथिको अवधिको निक्षेपको लागि ६.५० प्रतिशत र १ वर्षमाथिको लागि ७.५० प्रतिशत ब्याज दर तोकेको छ। यो नै बैंकले मुद्धती निक्षेपमा दिएको उच्च ब्याजदर हो। यता, नबिल बैंकले अघिकत्तम ८ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेको छ। बैंकले ५ वर्ष माथिको निक्षेप वा अक्षय कोषको रकम राख्दा भने समझदारीमा तय गर्ने उल्लेख गरेको छ।
नेपाल बंगलादेश बैंकले पनि अधिकत्तम ८.५० प्रतिशतसम्म ब्याज दर प्रस्ताव गरेको छ। २ वर्षभन्दा बढि अवधिको निक्षेपमा यो दर व्यक्तिगत निक्षेपकर्तालाई दिइने भएको हो। बैंकले एनएमबी मुद्दती योजनामा दिइआएको ९ प्रतिशतको ब्याज दर उही रहेको उल्लेख गरेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले पनि शर्त लागु हुने स्पेशल ब्लक निक्षेप खातामा व्यक्तिगत निक्षेपकर्ताको लागि ९ प्रतिशत ब्याज दर तोकेपनि अन्यमा अधिकत्तम ८ प्रतिशतमा ब्याज दर सिमित पारेको छ।
नेपाल बैंकले पनि अधिकत्तम ८ प्रतिशतसम्म ब्याज दर प्रस्ताव गरेको छ। सनराइज बैंकले पनि अधिकत्तम ८.५० प्रतिशत ब्याज दर प्रस्ताव गरेको छ। एभरेष्ट बैंकले अधिकत्तम ब्याजदर ७ प्रतिशतमा सिमित पारेको छ। एभरेष्टले भदौं ३० गतेबाट नै लागु हुने गरेर ब्याज दर परिवर्तन गरेको हो।
सबैभन्दा धेरै ब्याज प्रभु बैंकले दिने भएको छ। बैंकले ९ महिना देखि २ वर्षसम्मको निक्षेपमा ९ .५० प्रतिशतसम्म ब्याज दर दिएको छ।
अहिले बैंकिङ प्रणालीमा ७० अर्बभन्दा बढि पुँजी (अधिक तरलता) रहेपछि बैंकहरुले निक्षेपको ब्याज दर घटाउन थालेको अनलाइनखबरले लेखेको छ। केही बैंकले कर्जाको ब्याजदरमा समान्य परिवर्तन गरेपनि धेरैले ब्याज दर घटाएका छैनन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |