फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का

(GMT+08:00) 2017-09-17 15:37:27

नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ। राष्ट्र बैंकको अनुसन्धान अनुसार नेपालमा १० हजार नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँका दरले कुल मूल्य करिब ४० अर्ब रुपैयाँ हुन्छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले अनुसन्धानबाट १० हजार नेपालीसँग अवैध बिटक्याइन रहेको पत्ता लागेको बताए। साथै व्यापारी र हुन्डी कारोबारीसँगै सरकारी उच्च अधिकारीले पनि बिटक्वाइन किनेर राखेको प्रारम्भिक जानकारी प्राप्त भएको ढुंगानाले बताएको नयाँ पत्रिकाले लेखेको छ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गत २९ साउनमा नेपालमा बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीहरु चलाउनु गैरकानुनी रहेको सूचना निकालेको थियो।

जानकारी तथा लेखहरु