फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इराकी सरकारी सेनाद्वारा "इस्लामिक स्टेट"माथि सशक्त आक्रमण

(GMT+08:00) 2017-09-17 15:38:26

इराकी सरकारी सेनाले सोह्र तारिखबाट अल आन्बार प्रान्तको पश्चिमी भागको मरुभूमि क्षेत्रमा सशस्त्र "इस्लामिक स्टेट"माथि सशक्त आक्रमण थालेको छ।

इराकी संयुक्त गतिबिधि निर्देशनालयले हिजै‍ प्रकाशित एउटा बक्तव्यमा सिरियाको सीमा नजिकको अकाशाट क्षेत्रलाई पुनः आफ्नो कब्जामा लिन र उग्रवादी संगठन "इस्लामिक स्टेट"को कब्जामा रहेको अल खाइम बस्तीतर्फ जाने बाटोको अवरोध हटाउनका लागि इराकी सरकारी सेना, मिलिसिया र सीमा सुरक्षा फौज सोह्र तारिख अल आन्बार प्रान्तको पश्चिमी सीमा क्षेत्रतर्फ बढेको जनाएको छ।

जनाए अनुसार, इराकी वायु सेनाले "इस्लामिक स्टेट"को कब्जामा रहेको अकाशाट क्षेत्र र अल खाइम, रावल तथा आनाई ती तीनवटा बस्तीमा अधिकांश पर्चा वितरण गरी छिटै नै मुक्ति हुने सूचना स्थानीय बासिन्दालाई दिइसकेको छ। साथै सरकारसमक्ष समर्पण गर्न "इस्लामिक स्टेट"का सशस्त्र तत्वहरूलाई पनि आग्रह गरेको छ।

जानकारी तथा लेखहरु