फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायती प्रहरीद्वारा लण्डन भूमिगत रेलवैको आतंकवादी हमलाका शंकास्पद व्यक्ति पक्राउ

(GMT+08:00) 2017-09-17 15:39:06

बेलायती प्रहरीले सोह्र तारिख दक्षिण-पूर्वी भागको दोभर बन्दरगाहमा गत पन्ध्र तारिख लण्डन भूमिगत रेलवैमा भएको विस्फोट काण्डमा मुछिएको एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको सिन्ह्वा समाचार समितिले जनाएको छ।

बेलायती प्रहरीले हिजै एउटा बक्तव्य प्रकाशित गर्दै ती अठार वर्षिय पुरुषलाई आतंकवादी कारवाईमा मुछिएको नाउँमा पक्राउ गरिएको छ र जाँचुबुझ पछि उनलाई लण्डन प्रहरीतर्फ हस्तान्तरण गरिनेछ।

लण्डनको पश्चिमी भागको एउटा भूमिगत रेलवै स्टेशनमा गत पन्ध्र तारिख विस्फोट भएबाट झण्डै तीसजना घाइते भएका थिए। उक्त विस्फोट पछि उग्रवादी संगठन इस्लामिक स्टेटले त्यसको जिम्मेवारी लिएको घोषणा गरेको थियो।

जानकारी तथा लेखहरु