फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पानामाका राष्ट्रपति तथा चीनका परराष्ट्र मन्त्री बीच भेटवार्ता

(GMT+08:00) 2017-09-17 15:39:42

पानामाका राष्ट्रपति ज्युआन कार्लोस भारेलाले सोह्र तारिख पानामा शहरस्थित राष्ट्रपति भवनमा त्यहाँको भ्रमणमा रहनुभएका चीनका परराष्ट्र मन्त्री वाङ यीसँग भेटवार्ता गर्नुभएको छ।

भेटका अवसरमा राष्ट्रपति भारेलाले पानामा तथा चीन बीच दौत्य सम्बन्ध कामय भएबाट दुवै देश बीच सम्बन्धका लागि नयाँ अध्याय खोलिएको बताउँदै दौत्य सम्बन्ध कायम भएको तीन महिनायता द्विपक्षीय सम्बन्ध द्रुत गतिले विकसित हुँदैगएको दृश्य देख्दा आफुलार्इ निकै गौरव लागेको बताउनुभएको छ। चीनले देशको पूर्ण रूपमा एकीकरण हुने लक्ष्यलाई साकार तुल्याउनसक्ने भन्ने पानामाको विश्वास र कामना रहेको पनि उहाँले बताउनुभएको छ।

भेटको क्रममा परराष्ट्र मन्त्री वाङले सर्वप्रथम राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रपति भारेलालाई दिनुभएको हार्दिक अभिवादन हस्तान्तरण गर्नुभएको थियो। पानामाले चीनसँग दौत्य सम्बन्ध स्थापना गरी अन्तर्राष्ट्रिय समाजद्वारा एक मात्र चीन भन्ने सिद्धान्तलाई कायम राखिने पङ्क्तिमा संलग्न भएर सही ऐतिहासिक पक्षमा उभिएको कुरा युगको प्रवाह र जनताको इच्छा अनुकूल भएको कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु