फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौथौं विश्व चिनियाँ मूलका विदेशी व्यवसायी महाधिवेशन शुरु

(GMT+08:00) 2017-09-17 15:40:33

चौथौं विश्व चिनियाँ मूलका विदेशी व्यवसायी महाधिवेशन हिजो सेप्टेम्बर सत्र तारिख म्यान्मारमा आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य एवम् चीनको राष्ट्रिय परामर्शदात्री सम्मेलनका अध्यक्ष यु चन शङ्गले महाधिवेशनको सफलताको कामना गर्दै बधाई सन्देश पठाउनुभएको छ।

अध्यक्ष युले आफ्नो सन्देशमा विश्वका विभिन्न ठाउँमा रहेका चिनियाँ मूलका विदेशी व्यवसायीहरू विभिन्न मुलुकको आर्थिक विकासलाई अघि सार्ने महत्वपूर्ण शक्ति हुनुका साथै विभिन्न मुलुक र चीनसंगको आर्थिक व्यापारिक सहयोगलाई अघि बढाउने पुल र पेटी रहेको औंल्याउनुभएको छ।

विश्व चिनियाँ मूलका विदेशी व्यवसायी महाधिवेशन सन्1991मा आयोजना भएदेखि विभिन्न मुलुकका वाणिज्य संघ र व्यवसायीको समर्थनमा, विश्व चिनियाँ मूलका विदेशी व्यवसायीको शक्तिलाई भेला गर्ने, विभिन्न व्यवसायीको छवि प्रदर्शन गर्ने तथा विभिन्न पक्षले आदानप्रदान तथा सहयोग गर्ने महत्वपूर्ण चौतारो रहेको अध्यक्ष युले व्यक्त गर्नुभएको छ। यस पटकको महाधिवेशनले विश्व चिनियाँ मूलका विदेशी व्यवसायी र म्यान्मार वाणिज्य उद्योग क्षेत्रबीचको गहिरो आदानप्रदान र आपसि हितयुक्त सहयोगलाई अघि बढाउनेमा विश्वस्त रहेको अध्यक्ष युले पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु