फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रकोपको प्रतिरोध शक्तिलाई माथि उकास्ने मकाउका प्रशासकको भनाइ

(GMT+08:00) 2017-09-17 15:54:31
मकाउका प्रशासक छ्वी श आनले "विशाल प्रकोपको प्रतिरोध संयन्त्रको परिवर्तन एवम् सुधार समिति"संग हिजो सेप्टेम्बर सत्र तारिख विहान मकाउ सरकारको मूख्यालयमा राष्ट्रिय प्रकोप प्रतिरोध समितिको विशेषज्ञ टोलीबाट मकाउ प्रकोपको सामाना गर्ने शक्तिको मूल्याङ्कन प्रतिवेदन सुन्नुभएको छ।

यस पटकको बाईस जना विशेषज्ञबाट गठित विशेषज्ञ टोलीले तीन दिनमा सात सानो टोलीको रुपमा मकाउका विभिन्न प्रकोपग्रस्त क्षेत्रको निरीक्षण गरेको थियो। मूल्याङ्कन प्रतिवेदनमा मु्ख्य तीन भागका विषयहरु छन्, मकाउले आँधी"थ्यान क"र "फाखा"को सामना गर्ने अवस्था, मुख्य भूमिमा आँधी प्रकोपको सामना गरिएको आधारभूत परिस्थिति र विश्वको अवस्था र मकाउमा प्रकोपको प्रतिरोध शक्तिलाई माथि उकास्ने सल्लाह समावेश छन्।

प्रतिवेदनमा मकाउ सरकारले हालसम्म गरेको कामको प्रशंसा गर्नुका साथै केही काममा सुधार तथा सल्लाह पनि प्रस्तुत गरिएकोमा मकाउका प्रशासक छ्वीले मकाउ सरकारका विभिन्न विभागलार्इ सक्रिय रूपमा सम्बन्धित सुझाव लागू गर्न र सुधार गर्न निर्देशन पनि दिनुभएको छ।

जानकारी तथा लेखहरु