फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हमासद्वारा गाजा क्षेत्रको प्रशासनिक परिषद्को बिघटन

(GMT+08:00) 2017-09-17 18:29:15

गाजा क्षेत्रको नियन्त्रण गर्ने प्यालेष्टाइनी इस्लामिक प्रतिरोध आन्दोलन हमासले सत्र तारिख एउटा वक्तव्य प्रकाशित गर्दै आफ्नो नेतृत्वमा रहेको गाजा क्षेत्रको वास्तविक व्यवस्थापन अधिकारको नियन्त्रण गर्ने प्रशासनिक परिषद्को बिघटन गर्ने घोषणा गरेको छ।

हमासले त्यस वक्तव्यमा तत्काल गाजा क्षेत्र गएर आफ्नो कर्तव्य बहन गर्न प्यालेष्टाइनी शान्ति-मेलमिलाप सरकारलाई आह्वान गरेको छ। प्यालेष्टाइनको आन्तरिक पृथक अवस्थाको अन्त्य गर्न र शान्ति मेलमिलापलाई साकार तुल्याउन इजिप्टेली जासुसी विभागले गरेको प्रयासलाई समर्थन दिनका लागि हमासले उक्त निर्णय गरेको पनि त्यस वक्तव्यमा उल्लेख गरिएको छ।

हमासले आफ्नो वक्तव्यमा आम निर्वाचनको आयोजना गर्न सहमति पनि जनाएको छ।

जनाए अनुसार, सन् 2007मा हमासले सशस्त्र तरिकामार्फत गाजा क्षेत्रको नियन्त्रण अधिकार पाएको थियो।

जानकारी तथा लेखहरु