फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवनमा वन्यजन्तु–मानव द्वन्द्वः १४ वर्षमा १४४ को मृत्यु

(GMT+08:00) 2017-09-18 16:13:33

      चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु–मानव द्वन्द्वमा १४ वर्षमा १४४ जनाको ज्यान गएको छ।

       निकुञ्जमा रहेको नंग्रे पोथी बाघले अहिलेसम्म २० भन्दा बढी मानिस मारिसकेको छ भने ध्रुवे हात्तीले पनि अहिलेसम्म १५ भन्दा बढीको ज्यान लिईसकेको छ। त्यस्तै अहिले रोनाल्डो नामको हात्तीले स्थानियलाई सताई रहेको छ।

       मानव–वन्यजन्तुबीच समझदारी बढाउन विभिन्न कार्यक्रम ल्याइएपनि पछिल्लो समय राष्ट्रिय निकुञ्जमा मानव र वन्यजन्तुको द्वन्द्व बढिरहेको देखिन्छ। गएको वर्ष मात्रै वन्यजन्तुको आक्रमणबाट १४ जनाको ज्यान गएको नागरिक दैनिकले लेखेको छ।

जानकारी तथा लेखहरु