शाङ्गहाई सहयोग संगठनअन्तर्गतको क्षेत्रीय आतंकवाद विरोधी संस्था समितिको 31औं सम्मेलन हिजो 17 तारिख पैचिङ्गमा सुरु भएको छ। शाङ्गहाइ सहयोग संगठनका सदस्य मुलुक र क्षेत्रीय आतंकवाद विरोधी संस्था कार्यकारी समितिका प्रतिनिधिहरुले यस सम्मेलनमा भाग लिँदै गत चरणको सम्मेलनको आतंकवाद विरोध प्रारुपमा आधारित रही सम्बन्धित् सहयोगको व्याख्या गर्नुका साथै आउने दिनहरुका सम्बन्धित् कामको प्रबन्ध गरेको छ।
यस सम्मेलनले सन् 2017मा इन्टर्नेट प्रयोगबाट आतंकवाद गतिविधिमाथिको प्रहार、आतंकवाद विरोध सम्बन्धी अभ्यास आदि अवस्थाको छलफल तथा मूल्याङ्कन गरेको छ। साथै शाङ्गहाई सहयोग संगठन क्षेत्रीय आतंकवाद विरोध संस्थाको कार्यकारी समितिको कार्य परियोजना、रक्षा विशेषज्ञ टोली कार्य योजना आदि निर्णय पारित गरेको छ।
जनाएअनुसार किर्गिस्तानले सन् 2018को सेप्टेम्बरसम्म शाङ्गहाइ सहयोग संगठनको क्षेत्रीय आतंकवाद विरोधी संस्था समितिको अध्यक्ष मुलुकको बचनबद्धता लिने भएको छ।