फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्री पानामास्थित चिनियाँ राजदूताबासको अनावरण समारोहमा उपस्थित

(GMT+08:00) 2017-09-18 17:42:58

         सेप्टेम्बर 17 तारिख चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यी पानामामा पानामाका राष्ट्रपति जुआन कारलोस वारेलासँग पानामास्थित चिनियाँ राजदूताबासको अनावरण समारोहमा उपस्थित हुनुभएको छ।

         सो क्रममा परराष्ट्र मन्त्री वाङ्गले सम्बोधन गर्दै धेरै चुनौति पार गरेको चीन र पानामाबीचको सम्बन्धले एक उज्यालो तथा उचित बाटो लिएको व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यस राजदूताबासको स्थापना यी दुबै मुलुकबीचको सम्बन्धमा एक ऐतिहासिक क्षण हो। मन्त्री वाङ्गले चीनले पानामाका विभिन्न क्षेत्रका जनतासँग आपसी पारस्परिक तथा साझा विकास भन्ने नयाँ युग सिर्जना गर्दै जाने पनि बताउनुभयो।

         मन्त्री वाङ्गले पानामा र चीनबीचको दौत्य सम्बन्धको स्थापना यी दुबै मुलुकको आधारभूत हित र दीर्घकालीन हितसित अनुकूल हुने इतिहासबाट प्रमाणित हुन्छ भन्दै चीनले पानामासँग हातमा हात मिलाएर आपसी राजनीतिक विश्वासलाई मजबुत बनाउँदै तथा पारस्परिक सहयोगलाई गहन पार्दै जाने क्रममा चीन र पानामाबीचको सम्बन्धलाई उकास्नका लागि आफूले पनि प्रयास गर्दै जाने व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु