फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

2375नम्बरको निर्णय प्रस्तावद्वारा उत्तर कोरियाको नागरिक जीवन र मानवीय मागमा नकारात्मक प्रभाव नपार्ने:परराष्ट्र मन्त्रालय

(GMT+08:00) 2017-09-18 18:28:38

        चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले आज अठार तारिख पैचिङमा आयोजित नियमित्र पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको 2375नम्बरको निर्णय प्रस्तावले उत्तर कोरियाको नागरिक जीवन र मानवीय मागमा नकारात्मक प्रभाव नपार्ने बताउनुभएको छ।

        जापानी प्रधानमन्त्री सिन्जो आबेले दक्षिण कोरियाली राष्ट्रपति मून जाइ इनसँग टेलिफोन वार्ता गर्दै दक्षिण कोरियाले उत्तर कोरियालाई मानवीय सहायता प्रदान गर्ने उपयुक्त अवसरबारे विचार गर्नसक्ने व्यक्त गर्नुभएको छ। सो क्रममा राष्ट्रपति मूनले पनि शिशु तथा गर्भवती महिलालाई मानवीय सहायता प्रदान गर्ने कुरा राजतीनिसित अलग हुनुपर्छ भन्ने विचार व्यक्त गर्नुभएको छ।

         यस सम्बन्धी प्रश्नको जवाफ दिँदै प्रवक्ता लुले सुरक्षा परिषद्द्वारा पारित सबै उत्तर कोरियाली नाकाबन्दी निर्णयले सपष्ट रुपमा उत्तर कोरियाको नागरिक जीवन र मावनीय मागका लागि नकारात्मक प्रभाव सिर्जना गर्नुहुँदैन भन्ने चाहेको बताउनुभएको छ। सम्बन्धित विभिन्न पक्षले यो 2375नम्बरलगायतका अरू निर्णय प्रस्तावलाई प्रभावकारी रूपमा पालन गर्नसक्ने आशा चीनले गरेको छ।

जानकारी तथा लेखहरु