फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी सत्ता दलद्वारा संसदको उपनिर्वाचनमा जीत हासिल

(GMT+08:00) 2017-09-18 18:29:47
        पाकिस्तानी सञ्चार माध्यमका अनुसार, पाकिस्तान निर्वाचन समितिले सार्वजनिक गरेको मतदानको प्रारम्भिक नतिजाबमोजिम सत्र तारिख आयोजित संसदको उपनिर्वाचनमा पाकिस्तानको हालको सत्ता दल पाकिस्तान मुस्लिम लीग(नवाज)को उम्मेदवार एवम पूर्व प्रधानमन्त्री नवाज शरिफकी श्रीमती कुल्सूम नवाजले जितेका छन्।

        तर उनको प्रमुख विपक्षीय उम्मेद्वार एवम पाकिस्तान तेह्रिक ए इन्साफको यास्मीन रशिदले निर्वाचनको क्रममा व्यवस्थापन उचित नभएकोले न्यायपालिकासमक्ष निर्वाचन एकाइको उजुरी गर्ने व्यक्त गरेका छन्।

         जानकारीका अनुसार, यस निर्वाचनमा दर्ता भएका मतदाताको संख्या तीन लाख बीस हजारभन्दा बढी पुगेको छ भने मतदान दर 39.42 प्रतिशत रहेको छ। केही समयपछि पाकिस्तान निर्वाचन समितिले मतदानको नतिजाको घोषणा गर्नेछ।

जानकारी तथा लेखहरु