फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनितिक ब्यूरोको बैठकमा पार्टी संविधानको संशोधनबारे चर्चा

(GMT+08:00) 2017-09-18 19:24:46

         चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक ब्यूरोको बैठक आज अठार तारिख पैचिङमा आयोजना भएको छ। बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको संविधानको संशोधनलगायत विषयबारे चर्चा भएको छ।

         बैठकका अनुसार, पार्टी संविधान पार्टीको सामान्य वडा पत्र हो र पार्टीको नेतृत्वमा अडिग रहन र पार्टीको निर्माणलार्इ बढाउन अर्थमूलक निर्देशकीय भूमिका निर्वाह गर्छ। चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनले नयाँ स्थिति तथा कार्यको आधारमा पार्टी सिद्धान्तको उचित रुपमा संशोधन गरेबाट अझ राम्रोसँग पार्टी संविधान सिक्न, पालना गर्न, संरक्षण गर्न र चिनियाँ विशेषतायुक्त समाजवादी महा कार्य तथा पार्टीको निर्माण गर्ने महा परियोजनालाई अघि बढाउन फाइदा पुग्नसकिने पनि बैठकको ठहर छ। बैठकले पार्टीको उन्नाइसौँ महाधिवेशनको प्रतिवेदनमा निश्चित महत्वपूर्ण धारणा र रणनीतिलाई पार्टी संविधानमा राख्ने प्रस्ताव प्रस्तुत गरेको छ जसबाट अठारौँ महाधिवेशनदेखि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले उठाएको देशको शासनसम्बन्धी नयाँ विचार तथा रणनीतिको सम्पूर्ण रुपमा प्रतिबिम्बित हुनसक्छ।

जानकारी तथा लेखहरु