फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्रसंघको ७२ औँ महासभाका लागि नेपालका प्रधानमन्त्री न्यूयोर्कतर्फ

(GMT+08:00) 2017-09-19 16:28:09

        प्रधानमन्त्री शेरबहादुर देउवा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिनुहुनेछ। मंगलबार न्यूयोर्क प्रस्थान गर्ने टोलीमा प्रधानमन्त्री देउवा सहित २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल रहेको छ।

        प्रधानमन्त्री देउवाले सेप्टेम्बर २३ तारिखमा राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको वरिष्ठ सञ्चार विज्ञ गोविन्द परियारले जानकारी दिनुभयो। परियारका अनुसार प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    'जनतामा केन्द्रितः दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवनका लागि प्रयास' भन्ने मूल नाराका साथ सेप्टेम्बर १९ तारिखदेखि महासभा न्यूयोर्कमा सुरु हुँदैछ। प्रधानमन्त्री देउवाले न्यूयोर्कमा सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुहुनेछ।

          प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री देउवा महासभामा भाग लिइसकेपछि २४ सेम्टेम्बरमा ओमनको मस्कटका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। मस्कटमा खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिने कार्यक्रम छ।

जानकारी तथा लेखहरु