फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटन प्रवर्द्धन सम्बन्धी मकाउ मेलामा नेपालको उत्साहजनक सहभागिता

(GMT+08:00) 2017-09-19 16:30:12

        पाटा ट्राभल मार्ट २०१७ सम्पन्न भएको छ। मकाउमा सम्पन्न पाटाको ४० औं मार्ट सम्पन्न भएको छ। नेपालको पनि सहभागिता रहेको उक्त मार्ट सम्पन्न भएको छ। पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगम संगको सहकार्य तथा समन्वयमा नेपाली पर्यटन ब्यबसायीहरु, विद्यार्थी तथा मिडिया प्रतिनिधि सहित सेप्टेम्बर १३ देखि १५ सम्म मकाउको द भेनिसियन मकाउ रिर्सोट होटेलमा आयोजित पाटा ट्राभल मार्टको ४० र्औ संस्करणमा "नेपाल पेभिलियन" अन्र्तगत सक्रिय तथा प्रभावकारी सहभागिता जनाएको थियो।

         मकाउ सरकारको टुरिजम् अफिस द्धारा होस्ट गरीएको पाटा ट्राभल मार्ट २०१७ मा नेपालबाट सोल्टी क्राउन प्लाजा, एस डि यू ट्राभल, साग्रिला होटल एण्ड रिसोर्ट, एक्सप्लोर हिमालया ट्रेकिङ्ग एण्ड एडभेन्चर, एसियन भृकुटी होलिडेज्, लाङटाङ्ग री ट्रेकिङ्ग एण्ड एक्सपिडिसन, के जी एच गु्रप अफ होटल एण्ड रिसोर्ट र समिट होटल गरी ८ वटा निजि क्षेत्रका पर्यटन ब्यवसायीहरुले भाग लिएका थिए।

         विश्वभरका ट्राभल प्रफेशनलमाझ नेपालबारे छलफल हुनुका साथै नेपालको भिजिबिलिटी बढाएको पाटा नेपाल च्याप्टरका अध्यक्षा सुमन पाण्डेले जानकारी दिनुभयो। विश्वका ६६ गन्तब्यहरुबाट कुल ११३१ सहभागिहरुले सहभागिता जनाएको उक्त मार्टमा २५२ वटा संस्था कम्पनी तथा ३७ वटा गन्तब्यहरुबाट कुल ४६० विक्रेता र २८१ वटा संस्थाहरु तथा ५१ स्रोत बजारहरुबाट कुल २९३ क्रेताहरु बीच ब्यापार आदानप्रदान तथा गन्तब्य प्रवद्र्धन भेटघाट छलफल कार्यक्रम भएको थियो।

जानकारी तथा लेखहरु