फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता

(GMT+08:00) 2017-09-19 16:30:48

         चिनियाँ राष्ट्राध्यक्ष सी चिन‌ फिङले अठार तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको छ। यस अवधिमा राष्ट्रपति ट्रम्पले अमेरिका र चीनबीच नेतास्तरीय सम्पर्क र असल व्यवहारिक सम्बन्ध कायम राखिँदै गएकोमा सन्तुष्टी लागेको विचार व्यक्त गर्नुभएको छ। साथै उहाँले निकट भविष्यमा चीनको राजकीय भ्रमण गर्नुहुनेबारे प्रतिक्षारत रहेको पनि व्यक्त गर्नुभएको छ।

        राष्ट्राध्यक्ष सीका अनुसार चीन र अमेरिकाबीच व्यापक साझा हित छ। यी दुबै मुलुकले उच्च स्तरीय आदानप्रदानलाई मजबुत बनाउँदै पहिलो चीन अमेरिका सामाजिक तथा मानवीय साँस्कृतिक वार्ता、कानून कार्यान्वयन तथा साइबर सुरक्षा वार्ताको राम्ररी संयोजन गर्नसक्ने छ। चीनले राष्ट्रपति ट्रम्पको चीन भ्रमणलाई जोड दिएको छ। यी दुबै पक्षले घनिष्ट सहयोग गर्दै यस भ्रमणले यी दुबै मुलुकबीचको सम्बन्धको विकासका लागि नयाँ शक्ति सिर्जना गर्नसक्ने छ।

जानकारी तथा लेखहरु