फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्रमन्त्री वाङ यी र राष्ट्रसंघका महासचिवबीच भेटवार्तामा

(GMT+08:00) 2017-09-19 16:31:48

        चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले 18 तारिख न्यूयोर्कमा संयुक्त राष्ट्र संघीय महासभामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेससँग भेटवार्ता गर्नुभएको छ।

        परराष्ट्रमन्त्री वाङ्गका अनुसार वर्तमान विश्वका सामु धेरै अनिश्चित तथा अस्थिर कारक तत्व देखा परेकोमा संयुक्त राष्ट्र संघले अझ बढी महत्वपूर्ण भूमिका सिर्जना गर्नसक्ने आशा चीनले लिएको छ। चीनले संयुक्त राष्ट्र संघसँगको सहयोगलाई मजबुत बनाउँदै विविध विश्वव्यापी चुनौतीको प्रभावकारी सामना गर्नसक्ने आशा पनि गरेको छ।

          महासचिव गुटेर्रेसका अनुसार संयुक्त राष्ट्रसंघले चीनको अन्तर्राष्ट्रिय स्थान र प्रभावलाई जोड दिएको छ। संयुक्त राष्ट्र संघले चीनसँग घनिष्ट सहयोग गर्दै वर्तमान विश्वका सामु देखापरेको विविध चुनौतीको सामना गर्नका लागि संयुक्त प्रयास गर्दै जानसक्ने आशा गरेको छ।

जानकारी तथा लेखहरु