फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्वीपबारे १२ वर्षअघिको साझा वक्तव्यबाट सिक्नुपर्छः चिनियाँ परराष्ट्र प्रवक्ता

(GMT+08:00) 2017-09-19 18:45:45

        चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले कोरियाली प्रायद्वीपको आणविक समस्याको विकासक्रम पछिल्लो कोरियाली प्रायद्वीपको स्थिति हरेर बाह्र वर्षअगाडि सम्पन्न भएको सेप्टेम्बर उन्नाइस तारिख साझा वक्तव्यको मूल्यवान अनुभव नै हाम्रो लागि अझै सिक्नसकिने अर्थ रहेको विचार व्यक्त गर्नुभएको छ।

         आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। सन् 2005को जुलाइ छब्बीस तारिखदेखि अगष्ट सात तारिखसम्म र सेप्टेम्बर तेह्र तारिखदेखि उन्नाइस तारिखसम्म चीन, उत्तर कोरिया, जापान, दक्षिण कोरिया, रुस, अमेरिकाले पैचिङमा छ पक्षबीचको चारचरण वार्ताको आयोजना गरी सेप्टेम्बर उन्नाइस तारिख साझा वक्तव्य प्रकाशित गरेका थिए। सो वक्तव्यमा उत्तर कोरियाले सबै आणविक हतियार त्यागेर गैर-प्रसार आणविक हतियार सन्धिमा छिटै फर्किँदै अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीको संरक्षण तथा पर्यवेक्षणमा समावेश हुने वचनबद्धता दिएको थियो भने अमेरिकाले आणविक हतियार वा सामान्य हतियार लिएर उत्तर कोरियामाथि आक्रमण नगर्ने निश्चित गरेको थियो।

जानकारी तथा लेखहरु