फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरान आणविकसम्बन्धी चौतर्फी सम्झौतासम्बन्धी चीनको प्रतिकृया

(GMT+08:00) 2017-09-19 18:56:09

        चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले इरान आणविक समस्यासम्बन्धित छ मुलुक र इरानले सेप्टेम्बर बीस तारिख न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा विदेशमन्त्री सम्मेलनको आयोजना गर्ने र चीनका परराष्ट्रमन्त्री वाङ यी उपस्थित हुने जानकारी दिनुभएको छ।

         आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। उहाँले चौतर्फी सम्झौता नै अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थाको महत्वपूर्ण उपलब्धि हो साथै राजनीतिक उपायमार्फत अन्तर्राष्ट्रिय चर्चित समस्याको समाधान गर्ने नमूना पनि हो भन्दै जसले अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रणाली र मध्य-पूर्वको शान्ति र स्थीरताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। चीनले विभिन्न पक्षले यसै विदेशमन्त्री सम्मेलनमार्फत राजनीतिक सहमति गरी मतभेदको नियन्त्रण गरेर सम्झौताको पालनातर्फ अघि बढाउनसक्ने आशा लिएको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु