फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेश्रो मुलुक हुँदै नेपालको भैँसीको मासु चीनमा

(GMT+08:00) 2017-09-20 16:35:08

       नेपालमा विदेशबाट आयातको तुलनामा निर्यातजन्य वस्तु धेरै भैरहेका बेला नेपाली भैंसी तथा राँगाको मासु तेस्रो मुलुक हुँदै चीन पुग्ने गरेको छ। भारत, भियतनाम र थाइल्यान्ड हुँदै चीन पुर्‍याइने हुनाले सरकारी अभिलेखमा चीन निर्यात भएको देखिँदैन। गुणस्तर परीक्षण नगरिएको मासुलाई चीनले आयात गर्न दिँदैन। सोही कारण व्यवसायीले घुमाउरो बाटो प्रयोग गरेका हुन्। नेपालमा खुलेका मासुजन्य उद्योगमा चिनियाँ लगानीकर्ताको लगानी रहेको अनलाइन खबरले लेखेको छ।

        अन्य मुलुकको तुलनामा नेपालबाट उत्पादित मासु सस्तो पर्छ । नेपालले राँगा र भैंसीको मासुको उत्पादन बढाउने हो भने चीन निर्यातको सम्भावना प्रचुर रहेको व्यवसायीको भनाइ छ । चिनियाँ लगानीमा नेपालमा हालसम्म १० वटा मासु उद्योग खुलिसकेका छन्। तर, तीमध्ये अधिकांश बन्द छन् । वीरगञ्ज र हेटौंडाका उद्योग बन्द भइसकेको व्यवसायीहरुले जानकारी दिए।भारतबाट चराउँदै नेपाल भित्र्याइएका राँगा, भैंसी ती उद्योगमा पुर्‍याएर काटिन्छ र मासु प्रशोधन गरिन्छ।

        उद्योग विभागका अनुसार आर्थिक वर्ष ०७३/७४ मा ३६ करोड रुपैयाँको राँगा तथा भैंसीको मासु थाइल्यान्ड, भियताम र लाओस निर्यात भएको छ । आव ०७२/७३ मा उक्त परिमाण ३५ करोड रुपैयाँ बराबर थियो। आव ०७१/७२ मा ६६ करोडको निर्यात भएको थियो भने आव ०७०/७१ मा ७१ करोडको। र, त्यो सबै चीन पुर्‍याइएको थियो। काठमाडौं र बर्दियामा मासु उद्योग 'चाइना लङ फुड' सञ्चालन गरिरहेका लाले तामाङका अनुसार नेपाली मासु उद्योगहरुले विदेशमा माग भएअनुसार उत्पादन गर्न सकेका छैनन्। देशमा राँगा र भैंसीको उपलब्धता घट्दै गएका कारण पनि उत्पादन बढाउन नसकिएको तामाङको भनाइ छ।

जानकारी तथा लेखहरु