फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नाका हुँदै दसैंका लागि भेडाच्यांग्रा नेपाल नजाने

(GMT+08:00) 2017-09-20 16:35:37

        दसैंका लागि रसुवागढी नाकाबाट भेडाच्यांग्रा नआउने भएको छ। चिनियाँ भूभागसम्म जाने अनुमति नेपालीलाई नभएपछि व्यापारीहरू भेडाच्यांग्रा ल्याउन नसकेका हुन्।

         भेडाच्यांग्रा लिन केरुङबाट जोङखा भन्ने स्थानमा जानुपर्छ।

      'हामीलाई केरुङसम्म मात्र जाने अनुमति छ,' भेडाच्यांग्रा व्यापारी दिवाकर न्यौपानेले भन्नुभयो, 'त्यसभन्दा अगाडि जाने अनुमति नभएपछि दसैंका लागि ल्याउन सकिने भएन।' अघिल्ला वर्षमा भेडाच्यांग्रा ल्याउन व्यापारीहरूले दसैं आउनुभन्दा तीन साताअघि नै गाडी लिएर केरुङ पुग्ने गरेका थिए। यसपालि उनीहरू जान पाएनन्।

         यसरी ल्याउनका लागि पहिले नै रकम बुझाएर अर्डर गर्नुपर्ने व्यापारीहरूको भनाइ छ। केरुङबाट ल्याउन समस्या भएपछि मुस्ताङतिरबाट ल्याउन थालिएको छ। 'यताका व्यापारी पनि उता जान थालेका छन्,' व्यापारीहरूले भने, 'सीमाका दुई जिल्ला रसुवा र नुवाकोटका लागि भने करिब २ सय भेडाच्यांग्रा आउँछन्।'

         एउटा भेडाको मूल्य २० देखि २३ हजार रुपैयाँ पर्ने कान्तिपुरमा खबर छ। भेडाच्यांग्रा खसीबोकाभन्दा निकै महँगो पर्ने भएकाले व्यापारीले पनि यसको व्यापारमा चासो दिन छाडेका छन्।

जानकारी तथा लेखहरु