फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको राष्ट्रिय दिवसका अवसरमा चिनियाँ राष्ट्राध्यक्षद्वारा नेपालका राष्ट्रपतिलाई बधाइ सन्देश

(GMT+08:00) 2017-09-20 16:36:32

        चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले आज सेप्टेम्बर बीस तारिख नेपाली राष्ट्रपति बिद्यादेवी भण्डारीलाई बधाइ सन्देश पठाउँदै नेपालको राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्नुभएको छ।

        राष्ट्राध्यक्ष सीका अनुसार चीन र नेपाल पुस्तौं पुस्तादेखिका मैत्रीपूर्ण छिमेकी मुलुक हुन्। चीनले नेपालको राष्ट्रिय स्थिरताको संरक्षण、अर्थतन्त्रको विकासलाई प्रवर्द्धन गरेकोमा समर्थन दिँदै आएको छ।

        हालका दुई वर्षयता नेपालको अर्थतन्त्र द्रूत गतिमा विकसित भैरहेको र राजनीतिक कार्यक्रम सुचारु भैरहेको देखिन्छ। यसप्रति चीनले बधाइ ज्ञापन गर्दछ। चीनले नेपालसँगको सम्बन्धको विकासलाई निकै जोड दिँदै यी दुबै मुलुकबीचको चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धको लगातार विकासका लागि प्रयास गर्दै जाने आशा लिएको छ।

जानकारी तथा लेखहरु