फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेक्सिको भूकम्पका पीडितप्रति चीनको समवेदना

(GMT+08:00) 2017-09-20 18:33:53

       सेप्टेम्बर उन्नाइस तारिख मेक्सिकोको मध्य भागमा 7.1 रेक्टर स्केलको भूकम्प गएको छ जसबाट कम्तिमा 248 जनाको मृत्यु भएको छ। चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले मेक्सिको भूकम्पप्रकोपका मृतकहरूप्रति गहिरो श्रद्धान्जली व्यक्त गर्नुका साथै मेक्सिकोका जनताले छिटै घरआवासको पुनःनिर्माण गर्नसक्ने विश्वास चीनले लिएको बताउनुभएको छ।

        आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। उहाँले चीन सरकारले मेक्सिकोमा बस्ने चिनियाँ नागरिकको सुरक्षामा उच्च ध्यान दिनुका साथै आकस्मिक संरक्षण प्रणाली संचालन गर्न मेक्सिकोका लागि चिनियाँ दूतावासलाई निर्देशन पनि दिइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार, भूकम्पबाट केही थाइवानका देशबन्धु प्रभावित भएका छन् भने एक जना थाइवानी घाइते भएका छन्।

जानकारी तथा लेखहरु