फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आजदेखि नेपालीहरूको महान् पर्व बडादसैँ सुरू

(GMT+08:00) 2017-09-21 16:40:55

       नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। असोज शुक्ल प्रतिपदाका दिन आज घरडेराका साथै फौजी कोतघरमा घट कलश स्थापना गरी देवीदेवता आह्वान गरेर जमरा राखी घटस्थापना गरिँदैछ। बिहानै आत्मा र शरीर शुद्धिसहित लिपपोत गरेर चोखो पार्ने र बालुवा वा शुद्ध माटोमा जौ, गहुँ र मकै छरेर सोही स्थानमा जमरा राख्ने प्रचलन छ।

        शास्त्रमा जमरालाई समृद्धिको प्रतीक र आयुर्वेदमा पौष्टिक वनस्पति मानिएको छ। देवीलाई मन पर्ने बालीका रूपमा जमराका जौ, मकै र गहुँलाई मानिएको छ।

         असत्यमाथि सत्यको विजय र आसुरीमाथि दैवी शक्तिको विजयस्वरूप घटस्थापनादेखि नौ दिनसम्म जमरा राखिएको स्थान वा देवपीठमा दुर्गा सप्तसती चण्डी र भगवती स्तोत्र पाठ गरिन्छ। यो नौ दिन घटस्थापनाका दिन शैलीपुत्री, अर्को दिन ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदातृका रूपमा देवी भगवतीको आराधना गरिन्छ।

         घटस्थापनाका दिन घट कलश स्थापना गर्ने र जमरा राख्ने दुई कार्यलाई मुख्य रूपमा रहने गरेको छ। घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमा भनिने आश्विन शुक्ल पूर्णिमासम्मको पन्ध्र दिन बडादसैँ देशभर धूमधामसँग मनाउने गरिन्छ। दसैँलाई दसहरा भन्ने गरिन्छ।

        गुह्येश्वरी, नालाको उग्रचण्डी, पूर्णचण्डी, बगलामुखी, दक्षिणकाली, भक्तपुरको ब्रह्मायणी र नवदुर्गा, मैतीदेवी, नक्साल भगवती, पुरानो नैकापको कङ्कालीमाई, कलङ्की,नरदेवी,रक्तकाली, कङ्केश्वरी, पशुपतिको झङ्केश्वरी, भुवनेश्वरी, वनकाली र बाराको गढीमाई, हनुमानढोका दरबार क्षेत्रको कडेल्चोक भगवती, दन्तकाली, हेटौँडाको भुटनदेवी, छिन्नमस्ता लगायतमा मेला लाग्छ।

जानकारी तथा लेखहरु