फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जलवायु परिवर्तनले हिमाली मुलुकमा पर्ने असरबारे नेपाल सचेत

(GMT+08:00) 2017-09-21 16:42:03

        जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) को अन्तरसरकारी वैज्ञानिक निकाय 'आईपीसीसी' ले हिमाली र पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे प्रतिवेदन तयार गर्न सुरु गरेको छ। गत साता क्यानडाको मोन्ट्रेलमा भएको आईपीसीसीको ४६ औं बैठकले हिमाली र पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे अध्ययन गरी वैज्ञानिक प्रतिवेदन तयार गर्ने निष्कर्ष निकाली काम अघि बढाएको हो। बैठकमा ३० देशका वातावरणमन्त्रीसहित आईपीसीसीका सदस्य मुलुकका अधिकारी सहभागी रहेका कान्तिपुर अनलाइनले जनाएको छ।

       बैठकमा सहभागी वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीका अनुसार आईपीसीसीको छैटौं एसेसमेन्ट प्रतिवेदन बनाउने क्रममा हिमाली र पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरसम्बन्धी एउटा च्याप्टर थपिनेछ।

     'प्रतिवेदन तयार गर्न सदस्य राष्ट्रका विशेषज्ञ मनोनयन हुनेछन्,' ओलीले भन्नुभयो, 'त्यसका लागि मनोनयन आहवान भइसकेको छ।' सदस्य मुलुकका विशेषज्ञले जलवायु परिवर्तनका कारण हिमाली र पर्वतीय क्षेत्रका समुदाय, जीविकोपार्जन, जनजीवन, जैविक विविधता, हिमशृंखला, हिमनदीलगायत क्षेत्रमा पारेको असरसहितको वैज्ञानिक प्रतिवेदन तयार गर्नेछन्। जलवायु परितर्वनका कारण हिमाली र पर्वतीय मुलुक चपेटामा परेको बताइए पनि आधिकारिक वैज्ञानिक अध्ययनसहितको प्रतिवेदन छैन जसका कारण जलवायु परिवर्तनको मुख्य कारक मानिने कार्बनडाइअक्साइडलगायत हानिकारक ग्यास उत्पादन गर्ने विकसित मुलुकले हिमाली क्षेत्रमा परेको असरलाई अविश्वास गर्ने गरेका छन्।

जानकारी तथा लेखहरु