फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरालाई पहिलो स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना

(GMT+08:00) 2017-09-21 16:42:34

     विश्वप्रसिद्ध पर्यटकीय नगरीका रुपमा स्थापित पोखरालाई मुलुककै पहिलो स्मार्ट सिटीका रुपमा विकास गरिने भएको छ। पोखरा लेखनाथ महानगरपालिका र आइटीभेन्चर कर्पोरेसनबीच बुधबार भएको समझदारीअनुसार सार्वजनिक र व्यक्तिगत साझेदारी (पिपिपी) अवधारणाअन्तर्गत पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गरिने भएको हो।

     पोखरामा आज आयोजित एक कार्यक्रमकाबीच पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल र न्यू आइटी भेन्चरका तर्फबाट कार्यकारी सञ्चालक तादासी मोरीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको गोरखापत्र अनलाइनमा खबर छ।

    'छरितो सहर हाम्रो अभियान, एनआइटिभीको सहयोगलाई हार्दिक सम्मान' भन्ने मुख्य लक्ष्यका साथ भएको सम्झौतामा पोखरामा पर्यटन आगमन बढाउन र स्थानीय सुरक्षाको प्रत्याभूतिका लागि सूचना तथा संचार प्रविधिको भरपुर उपयोग गरिने उल्लेख छ।

        पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको विकासमा सम्झौता कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै यसमा नगरवासीको महत्वपूर्ण सहयोगको अपेक्षा रहेको बताउनुभयो।

        न्यू आइटी भेन्चरका कार्यकारी संचालक दातासी मोरीले पोखराको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत तथा गरिबी निवारण र मानवअधिकारलाई लच्छित गरी दुई वर्षभित्र गुरुयोजना तयार गरिने बताउनुभयो।

जानकारी तथा लेखहरु