फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्ति संरक्षणले《संयुक्त राष्ट्र संघीय चार्टर》लाई पालन गर्नुपर्छ: चिनियाँ परराष्ट्र मन्त्री

(GMT+08:00) 2017-09-21 16:43:05

        चीनले《संयुक्त राष्ट्र संघीय चार्टर》को सिद्धान्त पालनाको आधारमा शान्ति संरक्षण गतिविधिलाई उचित तथा आवश्यक सुधार गर्नुपर्नेमा समर्थन दिने भएको छ। चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले बीस तारिख संयुक्त राष्ट्रसंघको शान्ति संरक्षण गतिविधि उच्चस्तरीय सम्मेलनमा भाग लिँदै उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार《संयुक्त राष्ट्र संघीय चार्टर》को सिद्धान्त शान्ति संरक्षणको आधार मात्र नभई समान सार्वभौमिकता、आन्तरिक मामिलामा अहस्तक्षेप、शान्तिपूर्ण तरीकाले विवादको समाधान आदि अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्त पनि हो।

         राजनीतिक समाधानलाई प्रवर्द्धन गर्नु नै शान्ति संरक्षणको केन्द्र हो। शान्ति संरक्षण गतिविधिले सधैं राजनीतिक माध्यमलाई प्रथम स्थानमा राख्दै वास्तविक अवस्थाबमोजिम वैज्ञानिक रुपमा योजना बनाउन सक्ने छ। अनि दिगो विकासलाई साकार तुल्याउनु शान्ति संरक्षणको लागि राम्रो उपाय हो। शान्ति संरक्षण गतिविधिको सुधारमार्फत् गरिबी लगायत विवादको जरो उखेलेर दिगो विकासलाई व्यवहारमा उतार्नुपर्छ।

जानकारी तथा लेखहरु