फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र सिंगापुरका प्रधानमन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2017-09-21 16:43:33

       चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले बीस तारिख जनबृहत् सभाभवनमा चीनको भ्रमणमा रहनुभएका सिंगापुरका प्रधानमन्त्री ली सेन लुङ्गसँग भेटवार्ता गर्नुभएको छ।

        भेटवार्तामा राष्ट्राध्यक्ष सीले उच्चस्तरीय तहबीचको सम्पर्क कायम राख्नु नै चीन र सिंगापुरका पुरानो पुस्ताका नेताहरुको असल परम्परा हो भन्दै प्रधानमन्त्री लीनको यस भ्रमणले यी दुबै मुलुकबीचको मैत्रीपूर्ण मित्रतालाई गहन पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार चीन र सिंगापुरले विश्वव्यापी अर्थतन्त्र、व्यापारिक स्वतन्त्रता、सुविधाजनक लगानी प्रत्याभूति आदि क्षेत्रमा उस्तै अडान लिएका छन्। यी दुबै पक्षले आपसी रणनीतिक सम्पर्कको विकासलाई बलियो पार्दै चीन सिंगापुर द्वीपक्षीय सहयोग संघीय परिषद आदि संयन्त्रको भूमिका राम्ररी सिर्जना गर्नुपर्छ। एक पर्टी एक मार्गको निर्माण वर्तमान यी दुबै मुलुकबीचको सहयोगको महत्वपूर्ण विषय हो। यी दुबै मुलुकले सम्बन्धित सहयोग परियोजनालाई राम्रोसंग निर्माण गर्दै अन्य मुलुकलाई अन्तर्राष्ट्रिय जल-भूमि व्यापारको नयाँ बाटोको निर्माणमा भाग लिन आकर्षित गर्नसक्ने आशा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

        प्रधानमन्त्री लीले सिंगापुरले सधैं एक चीनको नीतिलाई समर्थन गर्दै थाइवान क्षेत्रको स्वतन्त्रताको विरोध गर्ने अडान व्यक्त गर्नुभयो। उहाँका अनुसार सिंगापुरले चीनसँग पूर्वाधार प्रबन्ध、पारस्परिक सम्पर्क、श्रम स्रोत आदि विभिन्न क्षेत्रमा घनिष्ट सहयोगको आशा गरेको छ।

जानकारी तथा लेखहरु