फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फुच्यानको फिङ थानद्वारा थाइवान क्षेत्रसँगको सहयोगका लागि नयाँ झ्याल खुल्ला

(GMT+08:00) 2017-09-21 16:44:03
       सन्2014 को नोभेम्बरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले फुच्यानको फिङथान क्षेत्रको निरीक्षण गर्दै निर्देशन दिनुभएअनुसार फिङ थान मैत्री परीक्षण क्षेत्र फुच्यान प्रान्त र थाइवान क्षेत्रबीचको सहयोगको झ्याल मात्र नभई विदेशका लागि एक खुल्ला झ्याल पनि हो। त्यसैले नयाँ विकसित व्यवसायिक क्षेत्र、उच्चस्तरीय सेवा क्षेत्र、जीवनयापनको लागि मनोरञ्जन आबास क्षेत्रको निर्माणलाई लक्ष्यको रुपमा लिई"थाइवानी दोस्रो जीवन चौतारो"सिर्जना गर्न प्रयास गर्नुपर्छ। साथै पर्यटन नै फिङ थानको सबैभन्दा उत्कृष्ट स्रोतसाधन हो। त्यस‍ कारणले यस पर्यटकीय स्रोतलाई राम्ररी संरक्षण गर्दै अन्तर्राष्ट्रिय पर्यटन द्वीपको रूपमा निर्माण गर्नुपर्दछ।

      त्यसपछि हालसम्मका केही वर्षमा फिङ थानमा ठूलो परिवर्तन भएको देखिन्छ। वनजङ्गल निर्माण र हावा-विद्युत स्रोतको विकास आदि कदमले यस क्षेत्रको वायु गतिलाई घटाउनुका साथै ठूलो परिमाणमा वनजङ्गलले ढाकेको क्षेत्रफललाई बढाएको देखिन्छ। जसबाट फिङ थान स्टोन द्वीपबाट पर्यावरणीय द्वीपसम्म परिवर्तन भएको छ।

        फिङ थान मातृभूमिबाट थाइवान जाने सबैभन्दा नजिकको क्षेत्र हो। थाइवान क्षेत्रका योग्य व्यक्तिलाई फिङ थानमा स्वरोजगारमा आकर्षित गर्नका लागि फिङ थानले धेरैजसो सहुलियतको नीति लागू गरेको छ। यस क्षेत्रले अन्तर्राष्ट्रिय पर्यटन द्वीप निर्माणको बाटोमा सक्रिय भएर अझ उज्यालो भविष्य सिर्जना गरिरहेको छ।

जानकारी तथा लेखहरु