फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्रमन्त्रीद्वारा शाङ्गहाई सहयोग संगठनको सदस्य मुलुक मन्त्रीस्तरीय सम्मेलनको अध्यक्षता

(GMT+08:00) 2017-09-21 18:00:19

         चिनियाँ परराष्ट्र मन्त्रीले बीस तारिख शाङ्गहाई सहयोग संगठनको सदस्य मुलुक मन्त्रीस्तरीय अनौपचारिक सम्मेलनको अध्यक्षता गर्नुभएको छ।

         सम्मेलनमा परराष्ट्र मन्त्री वाङ्गले व्यक्त गर्नुभएअनुसार शाङ्गहाइ सहयोग संगठन स्थापना भएको 16 वर्षयता सदस्य मुलुकले"शाङ्गहाइ भावना"लिँदै साझा फाइदा र पारस्परिक सहयोग भन्ने नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको नमूना सिर्जना गरेका छन्। हाल यो संगठन वर्तमान विश्वको सबैभन्दा ठूलो मैत्रीपूर्ण क्षेत्रीय सहयोग बनेको छ। सबै सदस्य मुलुकले क्षेत्रीय सुरक्षा तथा स्थिरताको संरक्षणलाई प्रवर्द्धन गर्नुका साथै साझा समृद्धिका लागि अझ ठूलो भूमिका सिर्जना गर्न प्रयास गर्नसक्ने छन्।

         यस सम्मेलनमा भाग लिएका विदेशी मन्त्रीहरुले भारत र पाकिस्तानले शाङ्गहाइ सहयोग संगठनमा भाग लिएकोमा स्वागत गरेका छन्। उनीहरुले यस संगठनद्वारा क्षेत्रीय शान्ति र स्थिरताका लागि अझ ठूलो योगदान गर्ने आशा पनि व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु