फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा संरक्षण गर्ने चीनको लक्ष्य

(GMT+08:00) 2017-09-21 18:06:16

        चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले शान्ति संरक्षण क्षेत्रमा चीनको एक मात्र लक्ष्य रहेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको संरक्षण गरी आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी लिने विचार व्यक्त गर्नुभएको छ।

          आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। बीस तारिख संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शान्ति संरक्षणसम्बन्धी उच्चस्तरीय बैठक न्यूयोर्कमा आयोजना भएको थियो। चीनका परराष्ट्रमन्त्री वाङ यी सो बैठकमा उपस्थित हुनुभएको थियो। सो अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति संरक्षण कार्यक्रमको सुधार लक्ष्यबारे कुरा उठाउनुभयो। त्यसबारे चर्चा गर्दै प्रवक्ता लु खाङले संयुक्त राष्ट्र संघको शान्ति संरक्षण कार्यक्रम संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको संरक्षण गर्ने महत्वपूर्ण उपाय हो र संयुक्त राष्ट्र संघले स्थितिबमोजिम विकास गरी संयुक्त राष्ट्र संघको वडापत्र र सदस्य मुलुकको व्यापक सहमतको आधारमा आवश्यक सुधार गर्न चीनले समर्थन दिएको छ, भन्नुभयो।

जानकारी तथा लेखहरु